वीरगञ्ज महानगरमा निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक « Khabarhub

वीरगञ्ज महानगरमा निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाइने भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू

पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेट।

प्रशासनले शान्ति सुरक्षा कायम राख्न आदेश जारी गरिएको बताउँदै सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ३६ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका