उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु « Khabarhub

उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १४ जना अझै बेपत्ता रहेको   नाइजेरियाका अधिकारीहरूले जनाएका छन् ।

योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले  जनाए अनुसार  घटना जिगावा राज्यको गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा पानीमा पल्टिएपछि भएको थियो भने डुङ्गामा ५२ जना यात्रु थिए ।

अधिकारीहरूका अनुसार १३ जना यात्रुहरूलाई जीवित उद्धार गरिएको छ र २५ जनाको शव बरामद गरिएको छ, भने १४ जना बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ । 

जिगावा राज्य प्रहरीले डुङ्गामा पानी चुहावटका कारण डुङ्गा पल्टिएको भन्दै घटना भएको पुष्टि गरेको छ । नाइजेरियामा यस अघि गत सेप्टेम्बरमा मध्य नाइजेरियाको नाइजर राज्यमा रूखमा  ठोक्किएर ओभरलोड भएको डुङ्गा पानीमा डुब्दा कम्तीमा ६० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ४० बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर