उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु « Khabarhub

उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १४ जना अझै बेपत्ता रहेको   नाइजेरियाका अधिकारीहरूले जनाएका छन् ।

योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले  जनाए अनुसार  घटना जिगावा राज्यको गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा पानीमा पल्टिएपछि भएको थियो भने डुङ्गामा ५२ जना यात्रु थिए ।

अधिकारीहरूका अनुसार १३ जना यात्रुहरूलाई जीवित उद्धार गरिएको छ र २५ जनाको शव बरामद गरिएको छ, भने १४ जना बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ । 

जिगावा राज्य प्रहरीले डुङ्गामा पानी चुहावटका कारण डुङ्गा पल्टिएको भन्दै घटना भएको पुष्टि गरेको छ । नाइजेरियामा यस अघि गत सेप्टेम्बरमा मध्य नाइजेरियाको नाइजर राज्यमा रूखमा  ठोक्किएर ओभरलोड भएको डुङ्गा पानीमा डुब्दा कम्तीमा ६० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : ४० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण