हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ « Khabarhub

हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ओखलडुंगा– हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र सोही गाउँपालिका-८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । 

चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँस्थित किराना पसल संचालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकै श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको गत मंगलबार हत्या गरी नगद १ लाख रुपैयाँ तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका मध्ये संगमलाई चिसाङ्ग गाउँपालिका-३ बाट र विनोदलाई सोही गाउँपालिका-४ रातोमटेबाट शुक्रबार तथा प्रकाश र
अशोकलाई सोही गाउँपालिका-४ रातोमटेबाट शनिबार पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को समेत गत असोज २६ गते हत्या गरेको खुल्न आएको छ ।

साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक २ थान, सुनको रिङ १ थान, बन्चरो १ थान, खुकुरी १ थान र कोदालो १ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ०३ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’