स्थानहद फुकुवापछि ओलीले चुनावी प्रचार गर्ने बाटो खुल्यो, विदेश पनि जान पाउने « Khabarhub

स्थानहद फुकुवापछि ओलीले चुनावी प्रचार गर्ने बाटो खुल्यो, विदेश पनि जान पाउने


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ भएको जेन-जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाउने आदेश फुकुवा गरेको छ।

आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले सोमबार विज्ञप्तिमा निकालेर अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीसँग सोधपुछ पूरा भइसकेकाले रोक लगाउने निर्णयको औचित्य सकिएको बताएका हुन् ।

उक्त निर्णयसँगै अब ओलीले भक्तपुरको गुण्डू छाडेर देशका अन्य जिल्ला जान पाउने भएका छन् । यससँगै अब ओलीलाई पार्टीको अभियान लिएर देशका अन्य जिल्लामा पुग्न पनि अनुमति मिलेको छ।

उनलाई अब विदेश भ्रमणको बाटो पनि खुलेको छ। ओलीले स्थानहदमा राखेर फागुन २१ को चुनावमा जान नसकिने अडान राखिरहेका थिए।

तर आयोगको टोलीले गुण्डूमै ओलीको बयान लिएको थियो । ओलीले लिखित बयान दिएसँगै स्थानहद पनि फुकुवा गरिएको हो । यससँगै स्थानहदमा राखिएका सबै नेता र कर्मचारीमाथिको अनुसन्धान पनि सकिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ४६ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण