पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु « Khabarhub

पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय समय अनुसार करिब २ः३० बजे राती सितारो आइल्यान्ड रिजेन्सीको पूर्वी सियाउमा बाढी आएको हो ।

सितारो टापु रिजेन्सी प्रशासनले एक शिशु सहित चार जना बासिन्दा बेपत्ता रहेको र अन्य चार जना घाइते भएको बताएको उल्लेख गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ । 

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रारम्भिक तथ्याङ्कले  ३५ परिवारका १०८ जना विस्थापित भएको देखाएको छ ।

प्रकोपले पाँचवटा घरहरू बगाउनु का साथै पूर्वी सियाउ र दक्षिण पूर्वी सियाउका जिल्लाहरू बिचको सडक पहुँच काटिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : १७ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण