चुनाव नजिकिएसँगै सुरू भयो दिल्ली दौड, प्रचण्डपछि आरजु पनि उडिन् « Khabarhub

चुनाव नजिकिएसँगै सुरू भयो दिल्ली दौड, प्रचण्डपछि आरजु पनि उडिन्


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था बन्दै जाँदा नेताहरूको दिल्ली दौड सुरू भएको छ ।

गत साता मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्ली पुगेर आएका थिए । त्यहाँ राजनीतिक भेटघाटसमेत गरेर आएका उनले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र साहसहितलाई मिलाउन भूमिका खेलेका थिए ।

ललितपुरको ज्वागलमा भएको वार्तामा बाबुराम पनि सहभागी भएका थिए । बाबुराम दिल्लीबाट फर्किएर राजनीतिक सक्रियता बढाएसँगै अन्य नेताहरू पनि धाउन थालेका छन् ।

पछिल्लो पटक आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुगेका छन् । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आधा घण्टा संवाद गरेपछि दाहाल दिल्लीतिर उडेका थिए ।

दिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ गएको बताइएको थियो ।

तर उनले त्यहाँ पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग वार्ता गरेको बताइएको छ ।

प्रचण्डलाई भेट्न उनी बसेको होटलमै डोभाल आएको बताइए पनि दुईजनाबीच भएको कुराकानीबारे केही पनि खुलाइएको छैन । दुईजनाबीच करिब एक घण्टा वार्ता भएको बताइएको छ।

प्रचण्ड दिल्लीमा ब्यस्त रहेका बेला नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी छन् ।

डा. देउवा सोमबार दिउँसो २ बजे दिल्ली प्रस्थान गरेकी हुन् । उनी किन भारततिर लागिन् भन्ने केही खुलाइएको छैन । उनले पनि प्रचण्डले जस्तै नयाँदिल्लीमा राजनीतिक भेटघाट गर्ने तयारी रहेको बताइएको छ ।

नेपालमा माघ ११ को राष्ट्रियसभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन या तालमेलको तयारी भइरहेको छ ।

यी तीन दल द्विपक्षीय या त्रिपक्षीय गठबन्धनको विकल्पमा छलफल भइरहेका बेला दिल्ली दौड सुरू भएको हो । खासगरी रास्वपाको नेतृत्वमा पुराना दलविरुद्ध नयाहरूको बलियो मोर्चा बनेको सन्दर्भमा यो दौडधूप सुरू भएको हो ।

उता राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि अहिले दिल्ली यात्रामा रहेको खुलेको छ । नाताले दाजु नेकपा संयोजक प्रचण्ड सोमबार दिउँसो प्रवासीको सभालाई सम्बोधन गरेर स्वदेश फर्किँदैछन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : १९ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर