म्यानेजर रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो « Khabarhub

म्यानेजर रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर- चर्चित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना म्यानेजर रुबेन अमोरिमलाई बर्खास्त गरेको छ।

यससँगै बुधबारको बर्नलीविरुद्धको प्रिमियर लिग खेलका लागि डारेन फ्लेचरलाई क्लबले अस्थायी रूपमा टोलीको जिम्मेवारी दिने भएको छ।

शुक्रबार अमोरिमले क्लबका अधिकारीहरूसँग उनको सम्बन्ध तनावपूर्ण रहेको संकेत दिएका थिए । ट्रान्सफर बजारमा उनलाई पूर्ण समर्थन नमिल्ने आशंका व्यक्त गरेकै बेला बर्खास्तीमा परेका हुन् ।

आइतबार लिड्ससँग १-१ को बराबरी खेलेसँगै पोर्चुगिज म्यानेजरले वरिष्ठ युनाइटेड अधिकारीहरूमाथि अर्को टिप्पणी गरेका थिए । ‘कोच होइन, म्यानेजरको रूपमा काम गर्न चाहन्छु’, उनले असन्तुष्टिसहित भनेका थिए। उनले १८ महिनामा करार समाप्त भएपछि बिदा भएर जाने तयारी रहेको बताएका थिए।

त्यसको २४ घण्टाभित्र युनाइटेडले आधिकारिक रूपमा घोषणा गर्दै भन्यो, ‘अमोरिम म्यानचेस्टर युनाइटेडको हेड कोचका रूपमा आफ्नो भूमिकाबाट बाहिरिएका छन्।’

क्लबले भनेको छ, ‘प्रिमियर लिगमा युनाइटेड छैठौं स्थानमा रहँदा क्लबको नेतृत्वले परिवर्तन गर्नु उचित समय भएको निष्कर्षमा पुगेको छ। यसले टोलीलाई उच्चतम प्रिमियर लिग स्थान हासिल गर्ने उत्तम अवसर दिनेछ।’

क्लबले रुबेनको योगदानको लागि धन्यवाद दिएको छ।

बीबीसी स्पोर्टका अनुसार क्लबले यो सिजन अमोरिमको नेतृत्वमा पर्याप्त प्रगति वा विकासको प्रमाण नदेखेको महसुस गरेको थियो।

४० वर्षीय अमोरिम नोभेम्बर २०२४ मा नियुक्त भएका थिए । उनले रेड डिभल्सको ६३ खेलमध्ये २५ खेलमा जीत हासिल गरेका थिए।

अमोरिमको १४ महिनाको कार्यकाल युनाइटेडमा स्थायी म्यानेजरको दोस्रो सबैभन्दा छोटो कार्यकाल हो । यसअघि डेभिड मोयसले सन् २०१४ मा ८ महिनामै हट्नुपरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : २८ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ