यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान « Khabarhub

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद  गर्न आफ्नो देश तयार रहेको बताएका छन् ।

साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर्दोगानले यमनमा विद्रोही समूहहरूलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्ट पारेका छन् । 

टर्कीएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो । एर्दोगानले यमनमा विकसित हुँदै गएको अवस्थालाई टर्कीएले नजिकबाट अनुगमन गरिरहेको बताउँदै देशको भौगोलिक अखण्डता संरक्षण गर्नु शान्ति स्थापनाको आधार भएकोमा जोड दिएका छन् ।

सन् २०१४ देखि यमन गहिरो द्वन्द्वमा फसेको छ । सो वर्ष विद्रोही हुथी समूहहरूले राजधानी साना सहित उत्तरका व्यापक क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको दक्षिणी ट्रान्जिसनल काउन्सिलले दक्षिणी यमनका लागि आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ ।

सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनमा सामेल भई यमनको राष्ट्रपति नेतृत्व परिषद्मा समावेश भए पनि शक्ति बाँडफाँड र स्रोत नियन्त्रणका विषयमा जारी विवादका कारण दक्षिणी सार्वभौमिकताको माग निरन्तर उठिरहेकै छ ।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ३८ बजे

नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य (तस्बिरहरू)

काठमाडौं– विश्वकै दुर्लभ एक सिंगे गैँडाको संरक्षणमा नेपालले पछिल्लो समय

‘छ माया छपक्कै २’मा दीपक र जितुको पुनः सहकार्य हुन लागेको हो ?

काठमाडौं – ०८१ सालको दशैँदेखि फिल्म निर्माणमा विश्राम लिएको ‘छक्का

गोंगबुबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो

नियमविपरीत अनलाइन औषधि बिक्री रोक्न विभागलाई संघको ध्यानाकर्षण

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले नियमविपरीत सञ्चालन भइरहेका अनलाइन तथा

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा

एजेन्सी– युक्रेनका प्रमुख सहयोगीहरूले मंगलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा