यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान « Khabarhub

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद  गर्न आफ्नो देश तयार रहेको बताएका छन् ।

साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर्दोगानले यमनमा विद्रोही समूहहरूलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्ट पारेका छन् । 

टर्कीएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो । एर्दोगानले यमनमा विकसित हुँदै गएको अवस्थालाई टर्कीएले नजिकबाट अनुगमन गरिरहेको बताउँदै देशको भौगोलिक अखण्डता संरक्षण गर्नु शान्ति स्थापनाको आधार भएकोमा जोड दिएका छन् ।

सन् २०१४ देखि यमन गहिरो द्वन्द्वमा फसेको छ । सो वर्ष विद्रोही हुथी समूहहरूले राजधानी साना सहित उत्तरका व्यापक क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको दक्षिणी ट्रान्जिसनल काउन्सिलले दक्षिणी यमनका लागि आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ ।

सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनमा सामेल भई यमनको राष्ट्रपति नेतृत्व परिषद्मा समावेश भए पनि शक्ति बाँडफाँड र स्रोत नियन्त्रणका विषयमा जारी विवादका कारण दक्षिणी सार्वभौमिकताको माग निरन्तर उठिरहेकै छ ।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ३८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर