एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण « Khabarhub

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको रांचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदयीमान एथलेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताले प्रोत्साहन स्वरुप बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५ हजार र १० हजार मिटर दौडमा २ वटा कांश्य पदक र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी धादिङकी सन्तोषी श्रेष्ठ, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदयीमान खेलाडीहरु आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १७ बजे

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा