नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता « Khabarhub

नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गरेका छन् । 

जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताइन् ।

 उनका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने चरणमा छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।

‘पच्चिस किलोमिटर क्षेत्रलाई पाँच–पाँच किलोमिटर खण्डमा विभाजन गरी काम भइरहेको छ । बाँकी १० किलोमिटर प्रक्रियामै छ । एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो । तर उपलब्ध स्रोत र जोखिमका आधारमा प्राथमिकता दिँदै काम गर्दै आएका छौँ’, नगरप्रमुख दाहालले भनिन्।
 
यस योजनाका लागि अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले बाँकी क्षेत्रमा छिट्टै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।

‘अब ढिलाइ हुँदैन, यहाँका जनतालाई सुरक्षित बनाइन्छ’, नगरप्रमुख दाहालले भनिन्। नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरी काम भइरहेको र यसलाई पूर्णता दिने उनले प्रतिबद्धता व्यक्त गरिन।
 
नगरप्रमुख दाहालले आफू निर्वाचित भए लगत्तै यो काम सुरु गरिएको उल्लेख गर्दै भरतपुरमा धेरै विकास भइसकेको र बाँकी रहेका केही स्थानको विकास प्राथमिकताका साथ अघि बढाइने बताइन् । पहिलो चरणमा मानव बस्ती जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा अन्य क्षेत्रमा योजना ल्याइने उनको भनाइ छ ।
 
अनुगमनका क्रममा नगरप्रमुख दाहालले नारायणी किनारका स्थानीयवासीसँग छलफल गर्नुभयो । सो अवसरमा भरतपुर–१६ का डिल्लीराम दवाडीले बाँकी तटबन्ध निर्माण कार्य शीघ्र पूरा गर्न अनुरोध गरिन् । सोही वडाका अब्दुल कलामले तटबन्ध पूरा गरी बस्ती जोगाउनुपर्ने आवश्यकता औँल्याइन् । स्थानीय नन्दप्रसाद भट्टले बस्ती सुरक्षित भएकामा खुसी व्यक्त गर्दै बाँकी तटबन्ध छिटो सम्पन्न गर्न आग्रह गरिन्।
 
अनुगमनका क्रममा सँगै रहेका नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख नारायण सुवेदीले सीमित स्रोतसाधनका बाबजुद पनि बढी जोखिमयुक्त स्थानमा प्राथमिकताका साथ काम भइरहेको बताए । 

अन्य नदीको तुलनामा नारायणीमा उल्लेखनीय काम भएको उल्लेख गर्दै उनले महानगरपालिकासँगको समन्वयमा काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। नगरप्रमुख दाहालले भरतपुर–१६ गणेशमन्दिर, २६ भगौडी लगायतका क्षेत्रको तटबन्धको कामको निरीक्षण तथा अनुगमन गरेका गरिन् ।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ०८ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा