नेपालमा ल्याइयो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी « Khabarhub

नेपालमा ल्याइयो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी नेपाल ल्याइएको छ ।  

टी–२० विश्वकपको ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको ट्रफीलाई सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेका छन् । 

सो क्रममा राष्ट्रपति पौडेलले टि–२० विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको बताए ।

क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको धारणा राखे । 

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ ।

नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे । 

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : २० बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार