ट्रकको ठक्करबाट एक महिलाको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बलवाा–११ मा ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको हो । 

लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले बाटो काट्दै गरेकी ठाकुरलाई ठक्कर दिएको हो । 

ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : २६ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर