राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य गर्न आन्तरिक छलफल तीव्र बनाएको छ ।  

सोमबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनमा अन्यदलसंग तालमेल गर्नेबारे छलफल भएको हो । 

तालमेलका विषयमा एमालेसहित अन्य दलसँग छलफल गरेर कार्यसम्पादन समिति मंगलबार पुनः बस्ने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेलका लागि पार्टीमा छलफल भए पनि प्रतिनिधिसभा निर्वाचनमा भने गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे छलफल नभएको उनले बताए । 

बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा तालमेलका लागि अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ३३ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर