टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल « Khabarhub

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।’ 

उहाँले खेल क्षेत्रमा आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपालका लागि सकारात्मक संकेत भएको धारणा राखे। राष्ट्रपति पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गर्ने काम गरिएकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति धन्यवाद व्यक्त गरे। 

उनले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ४८ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर