केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ « Khabarhub

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल र नेताहरूलाई गाली गरेर समय खेर नफ्याँक्न पार्टीका नेता-कार्यकर्तालाई सुझाएका छन् ।

यो समय नयाँ नेपालको नक्सा कोर्नुपर्ने भएको बताउँदै पुराना दलका नेता र कार्यकर्तालाई कटाक्ष गरेर बसिरहन नहुने उनले उल्लेख गरे ।

पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा लामिछानेले अपदस्थ भएकाहरुलाई मानमर्दन गरेर समय खेर नफ्याँक्न पनि भने ।

‘अहिले हामी फरक जिम्मेवारी र भूमिकामा छौँ । मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएकाले पुराना दल र तिनका नेता-कार्यकर्तालाई कटाक्ष गर्न बन्द गरौँ’, उनले भने, ‘हामीले अब नयाँ नेपालको नक्सा कोर्नुपर्छ । समृद्धिको बाटो पहिल्याउँदै अघि बढ्नुपर्छ ।’

उनले अब आफूहरूले कल्पना गरेको समाजको चित्र कोर्ने बेला आएको बताए । ‘हामी त्यतातिर लाग्नुपर्छ। हामी शक्तिशाली हुँदैमा अपदस्थ भएकालाई मानमर्दन गर्ने कुराबा अब हामीले आफूलाई बाहिर निकाल्नुपर्छ’, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ५१ बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली