सुनसरी– साना तथा मझौला व्यवसायी महासंघको सुनसरी जिल्ला कमिटी सोमबार गठन गरिएको छ। कोशी प्रदेश कमिटीका सचिव केवी श्रेष्ठ (दिनेश) को उपस्थितिमा आयोजित भेलाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।
गठित समितिको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन्। विधानअनुसार बाँकी पदाधिकारी र सदस्यहरू सबै क्षेत्र समेटिने गरी थप गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेश बोहोरा र गीता आचार्य रहेका छन् भने सचिवमा संगम तामाङ चयन भएका छन्।
यसैगरी सदस्यहरूमा उर्मिला अधिकारी, सुर्जामाया राई, मदन बास्तोला, मिला खड्का, चुडामणि पोख्रेल, अविनाश तामाङ र चन्द्रकला आचार्य रहेका छन्।
भेलामा सहभागी वक्ताहरूले जिल्लामा साना तथा मझौला व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन र नीतिगत पैरवीलाई प्रभावकारी बनाउने लक्ष्यसहित महासंघले काम गर्ने बताएका छन्।













प्रतिक्रिया