चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू « Khabarhub

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को चुनाव निश्चित नहुँदै अतिउत्साहित भएका छन् ।

उनले अर्थविद् तथा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्नसमेत निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित बृहत् एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने निकै उत्साहित देखिए । रवि जेलमा परेपछि संकटमा परेको रास्वपालाई अहिले बालेन्द्र साह र कुलमान घिसिङको प्रवेश ऊर्जा भर्ने काम गरेको छ ।

त्यही ऊर्जालाई प्रकट गर्दै लामिछानेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेलाई नयाँ आर्थिक वर्षको बजेट लेख्न थाल्न भनेका हुन्। रविले पार्टी र नेतृत्व देशको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

‘यहाँको उत्साहले मलाई यति भन्न प्रेरित गरेको छ, डा. स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ, उहाँले अबको बजेट लेख्न सुरु गर्नुस्’, उनले भने, ‘नेता र एउटा पार्टीका रूपमा हामीले गर्नुपर्ने काम गर्छौँ। देशलाई निकास दिन, कुशासन र भ्रष्टाचार हटाउन आवश्यक सबै कदम चाल्छौँ ।’

लामिछानेले सभागृहको हलदेखि अहिले नेपाली राजनीतिमा देखिएको अवस्था ‘ट्रेलर’ मात्रै भएको बताए । उनले रास्वपाको वास्तविक कार्यसम्पादन अझै देखिन बाँकी रहेको पनि जिकिर गरे ।

सहकारी ठगीका नाममा आफूमाथि प्रतिशोध भएको बताउँदै उनले आफू त्यस्तो बाटोमा नलाग्ने बताए । ‘हामी काम गरेर देखाउँछौँ, तर प्रतिशोधका आधारमा होइन’, उनले भने, ‘प्रतिशोधको श्रृंखला मैले नख्खु कारागारमै छोडेर आएको छु । ममाथि अझै दबाब छन्, तर चिन्ता लिएको छैन। जेलबाटै पनि भ्रष्टाचारविरुद्ध बोल्ने मान्छे हो म।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ५१ बजे

धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति धादिङमा भएको

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक

व्यावसायिक स्याउ खेती सुरु गर्दै भोजपुर वैकुण्ठेका किसान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न