काभ्रेमा विपत्तिबाट प्रभावित १५१ किसानलाई राहत सिफारिस « Khabarhub

काभ्रेमा विपत्तिबाट प्रभावित १५१ किसानलाई राहत सिफारिस


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लामा प्राकृतिक विपत्तिका कारण करिब एक हजार दुई सय रोपनी जमिनमा लगाइएको कृषि बाली क्षति भएको छ । क्षतिबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन बाग्मती प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गत वर्ष र चालु वर्षमा आएको प्राकृतिक विपत्तिका कारण खाद्यान्न, तरकारी, फलफूल बाली तथा तरकारी टनेलमा क्षति पुगेका १५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरेको हो ।

कार्यालयका अनुसार ९६१ रोपनी जमिनमा भएको खाद्यान्न बाली क्षतिबापत १४ लाख ४१ हजार ५ सय ९० र २६५ रोपनी जमिनमा लगाइएको तरकारी बाली क्षतिबापत ७ लाख ८० हजार ६ सय २५ राहत रकम सिफारिस गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले गत वर्ष र यस वर्षको प्राकृतिक विपत्तिका कारण कृषि बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन प्रदेशस्थित कृषि मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए।

उनका अनुसार करिब तीन हजार फलफूलका बिरुवामा क्षति पुगेको भन्दै त्यसबापत दुई लाख नौ सय तथा तीन सय बाँसका टनेल क्षतिबापत प्रति टनेल रु १५ हजारका दरले राहत उपलब्ध गराउन प्रदेश कृषि मन्त्रालयलाई अनुरोध गरिएको छ ।

प्रदेश सरकारले प्राकृतिक विपत्तिबाट खाद्यान्न बालीमा क्षति पुगेका किसानलाई प्रति रोपनी १ हजार ५ सय र तरकारी बालीमा क्षति पुगेका किसानलाई प्रति रोपनी रु २ हजार ५ सय राहत उपलब्ध गराउँदै आएको छ । यस्तै बाँसका टनेलमा क्षति भएमा प्रति वर्गमिटर रु ५० र फलफूलका बिरुवा क्षति भएमा प्रतिबोट रु ५० राहत दिने व्यवस्था रहेको छ ।

कार्यालयका अनुसार स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन, क्षतिको मूल्यांकन तथा जिल्लास्थित राहत व्यवस्थापन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र प्रदेश सरकारले राहत रकम उपलब्ध गराउनेछ ।

गत वर्षको बाढीपहिरोबाट कृषि बालीमा क्षति पुगेका किसानका लागि रु ७८ लाख राहत सिफारिस गरिएकोमा हालसम्म ५३ लाख प्राप्त भई सम्बन्धित किसानलाई वितरण गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ३६ बजे

मत माग्न चितवन पुगे रवि 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका

कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा

सिराहा– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट मधेशको चुनवाी

‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं– हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म

रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले

कीभ- रुससँग अबुधाबीमा वार्ता चलिरहँदा युक्रेनले चार वर्ष लामो युद्धका