निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड « Khabarhub

निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल स्वास्थ्य र बाल अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा उपयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । 

सोसाइटीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन घोषणापत्रमा बालमैत्री नीति, कार्यक्रम र पर्याप्त लगानी स्पष्ट रूपमा समावेश गरेर देशको दीर्घकालीन विकासलाई पूर्णता दिन आग्रह गरेको हो । 

राजनीतिक दलले प्रस्तुत गर्ने घोषणापत्रले देशको भविष्यको दिशा तय गर्ने भएकाले बाल स्वास्थ्य र बाल अधिकारलाई राष्ट्रिय एजेण्डाका रूपमा समेटिनु अत्यावश्यक रहेको नेपासको भनाइ छ ।

नेपासले निर्वाचन घोषणापत्रमा बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताका रूपमा समावेश गर्न, मातृ, नवजात, शिशु तथा किशोर स्वास्थ्यमा पर्याप्त सार्वजनिक लगानी गर्न, कुपोषण अन्त्यका लागि बहु क्षेत्रीय कार्यक्रम अघि बढाउन तथा सबै बालबालिकाका लागि निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ ।

साथै बाल हिंसा, बालविवाह र बालश्रम अन्त्यका लागि कानुनी तथा संस्थागत संयन्त्र सुदृढ गर्न र सङ्घीय संरचनाका सबै तहमा बालमैत्री नीति, योजना र बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा अरुणकुमार न्यौपानेले बालमैत्री नीति, कार्यक्रम र लगानीबिनाको विकास सम्भव नहुने भन्दै सबै राजनीतिक दललाई निर्वाचन घोषणापत्रमार्फत बाल स्वास्थ्य र बाल अधिकारप्रति स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य प्रतिबद्धता जनाउन आग्रह गरे ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ४ : ५७ बजे

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं– नेपाल टेलिकमले स्थापनाको २२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

‘शिवांश’को ट्रेलर : अघोरीको भेषमा प्रवीण, साधुको आवरणमा हुने अपराधको कथा

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘शिवांश’को

आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई

कांग्रेसको आग्रह : अधिनायकवादी चिप्ला कुरा गर्दै आउँछन्, नयाँ भन्नेहरूको भ्रममा नपर्नू,

काठमाडौं- नेपाली कांग्रेसले पछिल्लो समय नयाँ भन्दै आएका दलहरूसँग भर

भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

दुबई– भारतका सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख