जथाभावी राखिएका बस नियन्त्रणमा « Khabarhub

जथाभावी राखिएका बस नियन्त्रणमा


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लिएको छ । 

आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उक्त नौवटा बसलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

उनले भने, ‘हामीले नियन्त्रणमा लिइएका बसमध्ये केहीको बाटो इजाजतपत्र (रुट परमिट) को म्याद सकिएको दुई वर्षसम्म भएको देखिएको छ । यसबारे हामी यातायात व्यवस्था विभागसँगको समन्वयमा थप प्रक्रिया अगाडि बढाउने छौँ ।’

नियन्त्रणमा लिइएका ती नौवटा बसलाई अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा राखिएको छ । ती बसहरूले सडकमा अनावश्यक जाम सिर्जना गर्नुका साथै यात्रु तथा अन्य सवारी साधनलाईसमेत असहज अवस्था उत्पन्न गराएको ट्राफिक प्रहरीले जनाइएको छ ।

लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगइ बाटोमै जथाभावी पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

‘रुट परमिट उल्लङ्घन गरी अव्यवस्थित रूपमा पार्किङ गर्दा सवारी आवागमनमा गम्भीर असर परिरहेको थियो,’ उनले भने, ‘नियन्त्रणमा लिइएका बसलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने छ ।’ बुधबार मात्रै ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरिएका लामो दुरीका १५ रात्रिकालीन बसहरुलाई नियन्त्रणमा लिएको थियो ।
 

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ४ : ०९ बजे

निर्वाचन : ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो

निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड

काठमाडौं– नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर