काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक « Khabarhub

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको यो ट्रेलरको केन्द्र भागमा वरिष्ठ कलाकार लक्ष्मी गिरी छन् । ट्रेलरले फिल्मको शीर्ष पात्र उनी नै रहेको प्रष्ट पार्छ ।

फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीको बुकुरो (सानो घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी र पारिवारिक उत्तारचढावको घटना ट्रेलरमा समेटिएको छ ।

ट्रेलरले फिल्म विशुद्ध पारिवारिक कथामा बनेको प्रष्ट पार्छ ।

निर्देशक सुदीप भुपाल सिंह भन्छन्, ‘सामाजिक पारिवारिक फिल्म दर्शकले रुचाएको पाइन्छ । यो फिल्म पनि दर्शकको रोजाइको हो ।’

निर्देशक सिंह ९ वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले फिल्महरु ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका छन् ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी र रश्मी भट्टलगायतको अभिनय रहेको छ ।

निर्देशक सिंह आफैँले यो फिल्म लेखेका हुन् । निर्माता रुबी सेन सिंह हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ५९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण