नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न « Khabarhub

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले स्थापनाको २२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरूमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गरेकी थिइन् । 

समारोहमा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताउँदै सुशासन मार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कम्पनीबाट उपलब्ध सेवा एवम् कम्पनीका पूर्वाधारको योगदान रहने बताए  ।  

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्त्वपूर्ण कार्य गर्दै आएको बताउँदै नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताइन् ।  

कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण अनलाईन केवाईसी अपडेट को परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट भइरहेकोमा अब यसलाई देशभरका कार्यालयबाट अपडेट गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण अफलाईन केवाईसी अपडेटको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट भइरहेकोमा अब यसलाई देशभरका कार्यालयबाट अपडेट गर्न सकिने भएको छ  ।

आजदेखि माघ २८ सम्म (७ दिन) प्याकेज सदस्यता गर्ने जीएसएम प्रिपेडरपोस्टपेड ग्राहकलाई उपलब्ध गराइने छ । यस अनुसार २२२ रुपैयाँमा २२  दिन वैधता भएको २२ जीबि डाटा सहितको डबल टु प्याक र २२ रुपैयाँमा १ दिन वैधता  भएको २ जीबी डाटासहितको डेल्ली टू पयाक उपलब्ध हुनेछ ।  

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ०२ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण