भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार « Khabarhub

भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दुबई– भारतका सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख अमेरिकी डलरको ग्लोबल शिक्षक पुरस्कार प्राप्त गरेकी छन्।

दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनका क्रममा बिहीबार उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। विश्वभरका शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइने यो पुरस्कार वार्षिक रूपमा प्रदान गरिँदै आएको छ।

नागीले ‘नागी आर्ट फाउन्डेसन’ मार्फत भारतभरि ८०० भन्दा बढी सिकाइ केन्द्र स्थापना गरेकी छन् । ती केन्द्रहरूमा कहिल्यै विद्यालय नपुगेका बालबालिकालाई संरचित शिक्षा प्रदान गरिन्छ भने विद्यालयमा अध्ययनरत बालबालिकालाई समेत सहयोगी कक्षा सञ्चालन गरिन्छ।

उनले झुपडी बस्तीका भित्ताहरूमा साक्षरता, विज्ञान, गणित र इतिहासजस्ता विषय समेटिएका शैक्षिक भित्तेचित्र तयार गर्दै आएका छन्। यसले बालबालिकाको सिकाइ क्षमता र सिर्जनशीलता अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ।

पुरस्कारस्वरूप प्राप्त १० लाख डलर निःशुल्क व्यावसायिक तालिम प्रदान गर्ने संस्थान स्थापना गर्न प्रयोग गरिने नागीले जानकारी दिइन्।

ग्लोबल शिक्षक पुरस्कार वार्की फाउन्डेसनद्वारा प्रदान गरिन्छ। यसका संस्थापक सन्नी वार्कीले जीईएमएस एजुकेशन नामक विश्वकै ठूला निजी विद्यालय सञ्चालन गर्ने संस्था स्थापना गरेका हुन् । यो पुरस्कार सन् २०१५ देखि प्रदान हुँदै आएको छ र नागी यसका १० औँ विजेता भएका हुन् ।

यसअघि केन्या, प्यालेस्टाइन, क्यानडा र साउदी अरेबियाका शिक्षकहरू समेत यो पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ५ : ४३ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान