चुनाव प्रचारमा जुटेका रास्वपा उम्मेदवार भ्रष्टाचारमा तानिए, अख्तियारले बयानमा बोलायो « Khabarhub

चुनाव प्रचारमा जुटेका रास्वपा उम्मेदवार भ्रष्टाचारमा तानिए, अख्तियारले बयानमा बोलायो


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्देवारलाई चुनाव प्रचारमा जुटिरहेका बेला भ्रष्टाचार आरोप आइलागेको छ ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उठेका रास्वपा उम्मेदवार अमरकान्त चौधरीलाई भ्रष्टाचार आरोपमा अख्तियारले बयानमा बोलाएको हो । उनीसहित ९ जनालाई अख्तियारले भ्रष्टाचार आरोपमा तान्ने निर्णय गरेको हो ।

उनीसहित तत्कालीन विद्यालय व्यवस्थापन समितिका रामसागर मण्डल, सतेन्द्रकुमार मण्डल, रुञ्चीदेवी सदा, कविता सिंह, श्यामलादेवी मण्डल, दुखरण मण्डल, सुभाषकुमार साह र योगेन्द्रप्रसाद मेहतालाई पनि अख्तियारले बयानमा तानेको छ।

उम्मेदवार चौधरी गाउँकै श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनीसहित नौजनाले विद्यालय भवन बनाउँदा भ्रष्टाचार गरेको उजुरी परेको थियो ।

आयोगले अध्यक्ष चौधरीसहितलाई बयानका लागि पठाइदिन डाक्नेश्वरी नगरपालिकालाई पत्र पठाएको हो । पत्रमा उक्त नगरपालिका ५ मा अवस्थित उक्त विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष चौधरीसहितलाई यही शुक्रबार बिहान १० बजे आयोगको अनुसन्धान शाखा नं. ४ (ख) मा उपस्थित गराइदिन उल्लेख गरिएको छ ।

रास्वपा उम्मेदवार अमरकान्त चौधरी पूर्वसांसद चन्द्रकान्त चौधरी पुत्र हुन्। राष्ट्रिय जनता पार्टी (राजपा) मा राजनीति गरिरहेका उनी अहिले रास्वपातिर लागेर सांसदको दौडमा थिए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ५७ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको