ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री « Khabarhub

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन कार्यक्रममा प्रधानमन्त्री कार्कीले ध्वंसमा नभई शान्तिमा मात्रै देशको विकास हुने भन्दै राष्ट्रप्रतिको भावनाका साथ एकताबद्ध भएर मुलुकमा शान्ति कायम गर्नुपर्ने बताएकी हुन् ।

उहाँले सात सालदेखि जनेजी आन्दोलनसम्म आइपुग्दा मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई आत्मसात गर्दै लोकतन्त्रको बाटोमा देशलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय भएको घटनाक्रमलाई हेर्दा युवाहरुको चाहना अनुसार मुलुकमा परिवर्तन ल्याउनुपर्ने महशुस सबैले गरेको उनको भनाई छ ।

प्रधानमन्त्री कार्कीले आगामी पुस्ताहरुले परिवर्तनका लागि अर्को लडाई लड्नु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विसं २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाइन्छ

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ८ : १७ बजे

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला

कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ

समूह बनाएर अम्रिसो खेती, डेढ करोड आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार