महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता « Khabarhub

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गाईघाट – महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताए ।

गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताए ।

उक्त लिगमा १० ‘ए’ डिभिजन तहका महिला टोलीले सहभागिता जनाउने महासचिव राईले बताए । आयोजकका अनुसार प्रतियोगितामा न्युरोड महिला फुटबल टोली काठमाडौँ, गाईघाट महिला फुबटल टोली उदयपुर, त्रिभुवन आर्मी महिला टोली, नेपाल पुलिस, क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, आरएस रिसोर्ट, क्लब चर्च युनियन, छहारी युथ क्लब, सङ्कटा युथ क्लब, रिले युथ क्लबलगायतले भाग लिने छन् । प्रथम हुने टोलीलाई रु सात लाख ५० हजार पुरस्कार र ट्रफी तथा दोस्रो हुनेलाई रु पाँच लाख नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ८ : ४९ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच