हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ « Khabarhub

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ ।

स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । तीनै जनाले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदै तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : १४ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई