प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय « Khabarhub

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव छन् ।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।

उनले भने, “राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते हाम्रा लागि एकदमै महत्वपूर्ण छ । यसबीचमा हामीले पटकपटक प्रजातन्त्रका लागि सङ्घर्ष गर्नुपरेको छ । ती सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक हो यो दिन ।”

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : ३२ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन