फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव « Khabarhub

फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् ।

लालिमा’मा नायिका रोश्नी कार्की‘ले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको नामबाटै फिल्मको शीर्षक राखिएको छ ।

शीर्ष भूमिकाको प्रस्तवलाई आफूले अवसर र चुनौती दुवै कोणबाट ग्रहण गरेको रोश्नीले सेयर गरिन् ।

उनी भन्छिन्, ‘मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । फिल्म नै आफ्नो काँधमा लिएर हिड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।’

यस फिल्मको पात्र ‘लालिमा’ निर्माणका लागि पनि आफूले व्यक्तिगतरुपमा नौलो अभ्यास गरेको उनले बताइन् ।

उनी भन्छिन्, ‘यो फिल्ममा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुपर्‍यो । यो मेरो फरक अनुभव हो ।’

नायिका उषा रजक यो फिल्ममा ‘आमा’को भूमिकामा छिन् । यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ ।

‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेको थिइन् । तर, उनले आफ्नो दुई दशकभन्दा लामो अभिनय करिअरमा लिएको पहिलो निर्णय हो– आमाको भूमिकामा निर्वाह गर्ने ।

प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको क्यारेक्टर भूमिकामा देखिएकी छन् ।

यसबारे उषा भन्छिन्, ‘मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।’

लालिमामा यी दुई नायिकासँगै नायक जीवन भट्टराई हुन् । उनीहरूसहित फिल्ममा सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

रोशन मिराजको लेखन र निर्देशनमा बनेको यस फिल्मको ट्रेलर अहिले युट्युबको ट्रेन्डिङ नम्बर ४ मा छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १२ : ३९ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने