६५ प्रतिशत मत खस्ने आयोगको अनुमान « Khabarhub

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए ।

“बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उनले भने, “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।”

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : २५ बजे

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै

मेचीनगरमा १०४ वर्षीय वृद्धाले गरिन् मतदान

झापा– प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक

पहिलोपटक मतदान गर्दा खुसी देखिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– झापा–५ क्षेत्रमा पहिलो पटक मतदान गरेका जेन-जी मतदाताहरूले प्रतिनिधिसभा