गगन र अमरेशको क्षेत्रमा बिहानै मतदाताबीच हानाहान « Khabarhub

गगन र अमरेशको क्षेत्रमा बिहानै मतदाताबीच हानाहान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उठेको सर्लाही क्षेत्र नम्बर ४ मा बिहानै मतदाताबीच हानाहान भएको छ।

मतदान सुरु भएकै केही समयमै हुलदङ्गा भएर दुई पक्षका मतदाताबीच हानाहान भएको हो ।

सर्लाही ४ को बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरू भएको केही समयमै विवाद भएर कुटाकुटको अवस्था भएको हो ।

दुई पक्षबीच हानाहान भएपछि त्यहाँ केहीबेर मतदान नै प्रभावित हुन पुगेको छ।

अ्कातिर सर्लाही-४ अन्तर्गत बलराको जब्दी मतदान केन्द्रमा पनि मतदान स्थगित भएको छ ।

जब्दीस्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा एक वृद्धले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि बुथ एजेन्टबीच विवाद भएर मतदान रोकिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ५६ बजे

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

एजेन्सी– अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु– छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान