हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी « Khabarhub

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् । 

बिहान ७ः०० बजेदेखि अहिलेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार ५८० मत खसेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए । उनले अहिले जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए। 

जिल्लामा सुरक्षा व्यवस्थासमेत सुदृढ रहेको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रबाट ३०० मिटरभित्र मादकपदार्थ बिक्रीवितरण गर्न निषेध गरिएको छ भने पाँच सय मिटरभित्र प्रचारप्रसार सामग्री टाँस्न रोक लगाइएको छ । 

मतदाता परिचयपत्र हराएको अवस्थामा फोटोसहितको अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

साथै अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आवश्यक परे एकाघरका सदस्य वा इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन अधिकृत बरालले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : २५ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको