ओलीले भने : यी दुई कारणले फागुन २१ मेरा लागि जीवनकै नबिर्सिने दिन « Khabarhub

ओलीले भने : यी दुई कारणले फागुन २१ मेरा लागि जीवनकै नबिर्सिने दिन


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा बिहीबार नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग सम्झिएका छन्।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ आफ्नो जीवनमा विशेष अर्थ बोकेको दिन भएको उल्लेख गरेका हुन्।

ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस पनि हो । यही दिन छ वर्षअघि दोस्रो पटक मेरो मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै घटना म मृत्युको मुखबाट फर्किएको क्षणसँग जोडिएको रुपमा लिएको छु ।‘

उनले झापा आन्दोलनको प्रसंग उल्लेख गर्दै निरंकुश व्यवस्थाविरुद्धको संघर्षका क्रममा आफू जेल परेका दिनहरू स्मरण गरेका छन्।

आन्दोलनका क्रममा गिरफ्तार गरिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानी जंगलमा लगेर हत्या गरिएको उनले स्मरण गरेका छन्।

ओलीले आफू पनि त्यही क्रममा मृत्युको मुखबाट फर्किएको र १४ वर्ष कठोर कारावास भोगेको उल्लेख गरेका छन्। लोकतन्त्र स्थापनाका लागि बलिदान दिने अमर शहीदहरूप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले आफ्ना लागि फागुन २१ आफ्नो जीवनमा कहिल्यै नबिर्सने दिन बनेको पनि बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ३५ बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८