नेपालको चुनावबारे विदेशी मिडियाले के लेखे ? « Khabarhub

नेपालको चुनावबारे विदेशी मिडियाले के लेखे ?


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार जारी निर्वाचनलाई लिएर स्वदेशमा मात्रै होइन, विदेशमा पनि चर्चा चलिरहेको छ । नेपालको मतदानलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि उच्च महत्व दिएर समाचार प्रकाशन प्रसारण गरिरहेका छन् ।

नेपालको चुनावलाई भारतीय सञ्चार माध्यमले पनि राम्रो स्थान दिएका छन् । भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले नेपालको निर्वाचनबारे प्रत्यक्ष अपडेट गरिरहेको छ । अघिल्लो वर्ष सन् २०२५ मा भएको आन्दोलनपछि पहिलो पटक नेपालमा चुनाव भइरहेको भन्दै एनडीटीभीले १ करोड ९० लाख मतदाता मतदानका लागि योग्य रहेको उल्लेख गरेको छ ।

त्यसैगरी, आज तकको अनलाइन संस्करणले भारतभन्दा नेपालको निर्वाचन प्रक्रिया निकै फरक रहेको भन्दै समाचार सामग्री प्रकाशन गरेको छ । यस समाचार सामग्रीमा मतदाताले एउटा मतपत्रमा प्रत्यक्ष उम्मेदवार र अर्को मतपत्रमा समानुपातिकतर्फ पार्टीलाई मत दिने गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, भारतकै अर्को टेलिभिजन जी न्यूजको अङ्ग्रेजी संस्करणले पनि जेन–जी आन्दोलनपछि पहिलो पटक नेपालमा संसदीय निर्वाचन भइरहेको समाचार प्रकाशन गरेको छ । समाचारमा यस निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना नयाँ सांसद चयन हुने जनाइएको छ ।

हिन्दुस्तान टाइम्सले पनि नेपालको चुनावबारे जानकारी दिन १० बुँदामा जानकारीमूलक सामग्री प्रकाशन गरेको छ । यसमा निर्वाचनको मिति र समय, निर्वाचनको नतिजा आउने समय, मतदाताको सङ्ख्या, प्रत्यक्ष र समानुपातिक व्यवस्था, महत्वपूर्ण उम्मेदवार, सुरक्षा व्यवस्थाजस्ता जानकारी दिइएको छ ।

भारतबाहेक अन्य देशका सञ्चार माध्यमले पनि नेपालको निर्वाचनलाई उच्च महत्व दिएका छन् । बेलायतको बीबीसीले नेपालको निर्वाचनबारे प्रत्यक्ष अपडेट गरिरहेको छ । कतारको अल जजीराले पनि नेपालको निर्वाचनका महत्वपूर्ण उम्मेदवार र यसको प्रभावबारे एक्सप्लेनर प्रकाशित गरेको छ ।

क्यानाडाको सीबीसीले नेपालमा पूर्वर्‍यापर प्रधानमन्त्री बन्ने दिशामा रहेको भन्दै युवा मतदाताहरु उत्साहित रहेको समाचार सामग्री छापेको छ । समाचार संस्था एपीले नेपालमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ ।

समाचार संस्था रोयटर्सले पनि जेन–जी आन्दोलनपछि नेपालमा पहिलो पटक निर्वाचन भइरहेको जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले नेपालको संसदीय निर्वाचनमा मतदान शुरु भएको समाचार छापेको छ । रुसी प्रसारण संस्था आरटीले पनि जेन–जी आन्दोलनपछिको पहिलो आमनिर्वाचनमा मतदान भइरहेको समाचार छापेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ४० बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा