चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए « Khabarhub

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन विरोधी गतिविधि भएका छन् ।

चुनाव विरोधी गतिविधि भएपछि प्रहरीले निगरानी बढाउँदै धरपकड गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्ने तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरको नारायणी नमुना माद्यमिक विद्यालय अगाडि चुनाव बहिष्कारको पम्प्लेटसहित विरोध प्रदर्शन गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण गौतम छन् ।

यस्तै चितवन क्षेत्र नं. ३ अन्तर्गत माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदानस्थलका एकजना कर्मचारी पनि पक्राउ परेका छन् ।

कार्यालय सहयोगी बुद्धि सागर पौडेलले मतदातालाई प्रभावित पार्ने गरी एक पार्टीको पक्षमा भोट माग्न थालेपछि नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ५१ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य