दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित « Khabarhub

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएलगत्तै बिहीबार बिहान मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको हो ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त काममा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।

बिहानैदेखि जारी विवाद अझै पनि समाधान हुन सकेको छैन । सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने सहमति त भयो तर मतपत्र नै गायब भएपछि प्रक्रिया अघि बढेको छैन ।

हराएको मतपत्रको खोजी गरिए पनि मतपत्र नभेटिँदा मतदान अब अर्को दिनलाई सार्नुपर्ने अवस्था आएको छ।

बुथ कब्जा गर्न मतपत्रको बुक नै लिएर हिँडेकानेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकास्थित तरुण दलका अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीविरुद्ध अब मुद्दा चल्ने भएको छ।

मतपत्र लुटपाटमा संलग्न यी तीनजनाको पहिचान भएको छ । अरू चारजना पनि नियन्त्रणमा छन् । उनीहरूलाई रिहा गर्ने तयारी प्रहरीको छ। मतपत्र लुटपाटको आरोप लागेका कांग्रेस र नेकपाले स्थानीय नेताहरूलाई तत्काल छाड्न भनेका छन्।

विवाद नमिलेपछि मतदानको अर्को मितिका लागि मतदान अधिकृतले अर्को मिति तोक्ने भएका छन् । त्यहाँ बिहीबार बिहान दुई दलले बुथ कब्जा लाग्दा प्रहरीले गोलीसमेत चलाएको थियत्तो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ४ : १७ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले भने- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता