आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो « Khabarhub

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ।

आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा निर्वाचनबारे विवरण दिएका छन्। उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न भएको मतदानमा ६० प्रतिशत मतदान भएको बताएका छन् ।

भण्डारीका अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ। केही मतदान केन्द्रमा अहिले पनि मत खस्ने प्रक्रिया जारी रहेको उनले बताए। निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित भएको रिपोर्ट दिएका उनले बताए ।

‘मतगणनास्थलमा मतपेटिका आएपछि गणना थालिनेछ। हिमाली क्षेत्रका १५ जिल्लाका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गरिने योजना छ’, उनले भने ।

तोकिएको मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रक्रिया सफल भएको भण्डारीले उल्लेख गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ६ : २३ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका