सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै « Khabarhub

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै ४८ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कुल मतदाताको कञ्चनपुरमा ६०, अछाममा ३९, डोटीमा ३८, बाजुरामा ४६ र बझाङमा ४१ मत खसेको जानकारी दिए ।

यसैगरी, बैतडीमा ४६, डडेलधुरामा ४९, कैलालीमा ५३ र दार्चुलामा ५४ प्रतिशत मत खसेको छ । १६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा कुल मतदाता १७ लाख १६ हजार ६६० रहेका थिए । विगतका निर्वाचनमा खसेको मतको तुलनामा प्रदेशभरि आज भएको निर्वाचनमा खसेको मत कम हो ।

मतपेटिका ढुवानी भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणनाको काम सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदानको कार्य पूरा भएपछि मतपेटिका धमाधम मतगणनास्थलसम्म ढुवानी गर्ने काम सुरु भइसकेको छ । दार्चुला, बझाङ र बाजुराको हिमाली भेकका मतदान स्थलका मतपेटिकाहरु मतगणनास्थलमा पु¥याउने समय लाग्ने प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता पदमबहादुर बोगटीले हिमाली क्षेत्रका कम्तीमा पनि १० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट ढुवानी गरेर मतगणनास्थलसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, “आज शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ, दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदानस्थल र नौगाड गाउँपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालय मतदानस्थलमा भने मतदाता अनुपस्थित रहे, खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गर्नुभएको छ ।”

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ८ : ३१ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका