सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै « Khabarhub

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै ४८ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कुल मतदाताको कञ्चनपुरमा ६०, अछाममा ३९, डोटीमा ३८, बाजुरामा ४६ र बझाङमा ४१ मत खसेको जानकारी दिए ।

यसैगरी, बैतडीमा ४६, डडेलधुरामा ४९, कैलालीमा ५३ र दार्चुलामा ५४ प्रतिशत मत खसेको छ । १६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा कुल मतदाता १७ लाख १६ हजार ६६० रहेका थिए । विगतका निर्वाचनमा खसेको मतको तुलनामा प्रदेशभरि आज भएको निर्वाचनमा खसेको मत कम हो ।

मतपेटिका ढुवानी भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणनाको काम सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदानको कार्य पूरा भएपछि मतपेटिका धमाधम मतगणनास्थलसम्म ढुवानी गर्ने काम सुरु भइसकेको छ । दार्चुला, बझाङ र बाजुराको हिमाली भेकका मतदान स्थलका मतपेटिकाहरु मतगणनास्थलमा पु¥याउने समय लाग्ने प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता पदमबहादुर बोगटीले हिमाली क्षेत्रका कम्तीमा पनि १० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट ढुवानी गरेर मतगणनास्थलसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, “आज शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ, दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदानस्थल र नौगाड गाउँपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालय मतदानस्थलमा भने मतदाता अनुपस्थित रहे, खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गर्नुभएको छ ।”

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ३१ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा