टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य « Khabarhub

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै इंग्ल्यान्डसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको विशाल योगफल खडा गर्‍यो । अब जितका लागि इंग्ल्यान्डले २५४ रन बनाउनुपर्ने भएको छ।

भारतीय इनिङ्सको आधार ओपनर सञ्जु सैमसनले बनाए । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ८९ रनको विस्फोटक पारी खेले । मध्यक्रममा शिवम दुबे ले ४३ रन थपे भने इशान किशनले मात्र १८ बलमा ३९ रन बनाए ।

यस्तै हार्दिक पाण्ड्याले २७ रन जोडे भने तिलक वर्माले ७ बलमै २१ रन बनाउँदै छोटो तर प्रभावशाली पारी खेले । कप्तान सूर्यकुमार यादव भने ११ रनमै आउट भए। ओपनर अभिषेक शर्मा भने आज पनि चल्न सकेनन् । उनले ९ रन मात्र बनाउँदै पहिलो विकेटका रूपमा पेभिलियन फर्किए ।

बलिङतर्फ इंग्ल्यान्डका केही प्रमुख बलर महँगा सावित भए । जोफ्रा आर्चरले ४ ओभरमा ६१ रन खर्चिँदै १ विकेट लिए भने साम करन ४ ओभरमा ५३ रन खर्चिएर विकेटविहीन रहे ।

यस्तै विल ज्याक्सले २ विकेट लिँदा ४० रन खर्चिए भने आदिल राशिदले पनि २ विकेट लिएर ४१ रन दिए । आजको खेल जित्ने टोली फाइनलमा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : २४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको