बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान « Khabarhub

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

जिल्लामा रहेका चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा रहेका ४ लाख ६५ हजार मतदातामध्ये करिब २ लाख ८० हजार मत खसेको छ, जुन करिब ६० प्रतिशत मतदान हो ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले मतपेटिका संकलन जारी रहेको जानकारी दिए । उनका अनुसार राति १० बजेसम्म सबै मतपेटिका संकलन भइसक्ने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ ।

बाराका चारवटै निर्वाचन क्षेत्रका लागि फरक–फरक स्थानमा मतगणना स्थल तोकिएको छ। क्षेत्र नम्बर १ को मतगणना कोल्हवी नगरपालिकामा, क्षेत्र नम्बर २ को महागढीमाई नगरपालिकामा, क्षेत्र नम्बर ३ को जिल्ला सदरमुकाम कलैयामा तथा क्षेत्र नम्बर ४ को मतगणना जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको उखुबाली अनुसन्धान केन्द्रमा हुने जनाइएको छ ।

चारै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूका अनुसार अहिले मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी छ। सबै मतपेटिका संकलन भएपछि आजै रातिबाट मतगणना सुरु हुने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : ३० बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका