कास्कीमा ६० प्रतिशत बढी मत खस्यो « Khabarhub

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र करिब ६० प्रतिशत बढी मत खसेको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए ।

मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलन सुरु गरिएको जानकारी दिँदै उनले जिल्लाका ३६५ वटै मतदान केन्द्रका मतपेटिका बेलुका ८ः३० भित्रमा सङ्कलन गरिसक्ने गरी तयारी गरिएको जानकारी दिए ।

प्रमुख ढकालका अनुसार मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसेर राति ११ः०० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ । मतगणना कास्की क्षेत्र नं १ को पोखरा महानगरपालिका वडा नं १२ को कार्यालयमा, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय, ड्यामसाइड र क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको प्रदेश कृषि मन्त्रालयको सभाहलमा गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ५३ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस