सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो « Khabarhub

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

जिल्लाभरका १ सय ६४ वटै मतदान केन्द्रमा ५३ प्रतिशत १९ दशमलव मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

कूल १०९ मतदानस्थलका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए । जिल्लामा ३३ हजार एक सय ८० पुरुष र ३० हजार चार सय महिलाले मतदान गरेको उनको भनाइ छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ ।

हेलिकप्टरमार्फत ढुवानी

जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएका पाँच वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको छ । भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइने भएको छ ।

जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएको भोटखोला गाउँपालिकाअन्तरर्गतका थुदाममा, रिदाक र किमाथाङ्का र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रमा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन । यी तीन स्थानका मतपेटिका हेलिकप्टरमार्फत भोलि मात्र ल्याइने उनको भनाइ छ ।

त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मत गणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए ।

प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका थिए । जिल्लामा एक अस्थायी सहित १६५ मतदान केन्द्र छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : २५ बजे

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो