ताप्लेजुङमा ५१ प्रतिशत मतदान « Khabarhub

ताप्लेजुङमा ५१ प्रतिशत मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ७७४ अर्थात् ५१ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुर्गम मानिएका चारवटा क्षेत्र बाहेक सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने तयारी भएको छ ।

फक्ताङ्लुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला, घुन्सा, ग्याब्ला र याङ्माका मतपेटिका आजै हेलिकप्टरबाट ल्याउने तयारी भए पनि मौसमका कारण सम्भव नभएकोले भोलि बिहान ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताए ।

ताप्लेजुङमा ८० मतदानस्थल अन्तर्गत १२७ मतदान केन्द्र छन् । यसपटकको निर्वाचनमा १३ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : २९ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र