आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित « Khabarhub

आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो भिडन्तमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको छ। उच्च स्कोर बनेको खेलमा राजस्थानले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमा समेटिएको हो।

अन्तिम ओभरसम्मै कौतुहलता कायम रहेको खेलमा गुजरातलाई जितका लागि अन्तिम केही बलमा ठूलो सटको आवश्यकता थियो। तर, राजस्थानका बलरहरूले कसिलो बलिङ गर्दै गुजरातलाई लक्ष्यभन्दा ६ रन टाढा रोक्न सफल भएका हुन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले आक्रामक सुरुवात गर्दै ६ विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि ओपनर साई सुदर्शन ७३ रनको शानदार अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन ।। मध्यक्रम र अन्तिमतिर लगातार विकेट गुमाउनु उनीहरूका लागि प्रत्युत्पादक बन्यो। २० ओभरमा २०४ रन बनाए पनि गुजरातले हार टार्न सकेन।

राजस्थानको जितमा ओपनर यशश्वी जैसवाल, वैभव सूर्यवंशी र मध्यक्रममा आएका ध्रुव जिरेलले उत्कृष्ट ब्याटिङ गरे । जैसवालले अर्धशतकसहित ५५ रनको योगदान गर्दा ध्रुव जिरेलले ७५ रनको उत्कृष्ट इनिङ खेले । सूर्यवंशीले भने १८ बलको सामना गर्दा ३१ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि रवि विश्वइले चार विकेट हात पार्दै टिमलाई जित दिलाएका हुन् ।

यस जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको राजस्थानले आफ्नो दबदबा कायम राखेको छ । लगातार दुई जित निकालेको राजस्थान तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान चार अंक बनाएका दिल्ली र पञ्जाब रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : ३२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार