पीएसएल : दीपेन्द्रको टिम इस्लामावाद युनाइटेडको लगातार दोस्रो जित « Khabarhub

पीएसएल : दीपेन्द्रको टिम इस्लामावाद युनाइटेडको लगातार दोस्रो जित

रावलपिन्डी सात विकेटले पराजित


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

लाहोर- समीर मिन्हासको विष्फोटक ब्याटिङको मद्दतले इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर लिग (पीएसएल) मा रावलपिन्डीमाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति भएको खेलमा रावलपिन्डीले दिएको १५७ रनको लक्ष्य इस्लामावादले मात्र १४.२ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गरेको हो ।

इस्लामावादको जितमा १९ वर्षीय युवा ब्याटर समीर मिन्हास नायक बने। उनले मात्र ३६ बलमा ७ चौका र ४ छक्काको मद्दतले ७० रनको विष्फोटक इनिङ खेले। उनी आउट हुँदा इस्लामावाद जितको नजिक पुगिसकेको थियो। मध्यक्रममा हैदर अलीले अविजित २६ र मार्क च्यापम्यानले मात्र ७ बलमा २४ रन जोड्दै ३४ बल बाँकी छँदै टोलीलाई जित दिलाए। रावलपिन्डीका लागि मोहम्मद आमिर, जलत खान र रिसाद होसेनले समान १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रावलपिन्डीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। रावलपिन्डीका लागि कमरान गुलामले ३९ बलमा ५० रनको अर्धशतकीय योगदान दिएका थिए भने अन्त्यतिर ड्यान फोरेस्टरले १९ बलमा अविजित ४४ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। बलिङतर्फ इस्लामावादका रिचर्ड ग्लिसन र फहिम असरफले समान २–२ विकेट लिए।

उत्कृष्ट ब्याटिङ गरेका समीर मिन्हास ‘प्लेयर अफ द म्याच’ घोषित भए।

नेपाली राष्ट्रिय टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम युनाइटेडको यो लगातार जित हो । चार खेल खेल्दा युनाइटेडले पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो । एक खेलमा अंब बाँडेको युनाइटेड पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चार खेल खेलिसक्दा पनि दीपेन्द्र भने बेन्चमै छन् ।

गएराति इस्लामावाद युनाइटेडसँग पराजित रावलपिन्डी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : ५५ बजे

मध्यपूर्वमा युद्धको दायरा विस्तार

पेरिस– मध्यपूर्वमा युद्धको तीव्रता थप बढ्दै जाँदा विभिन्न देशमा आक्रमण,

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा  नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार

डा. गौतमको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित 

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघमा डा. शंकर गौतमको अध्यक्षतामा नयाँ

सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक

काठमाडौं- आइतबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री बालेन

स्नातकोत्तर सम्मेलन सुरु

महेन्द्रनगर– अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज