दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’ « Khabarhub

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे विमर्श गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिता, पर्यटन, प्रविधिलगायत विभिन्न १० विषयमा छलफल गरिएको थियो । सञ्चारमाध्यमका नयाँ आयामलाई स्वीकार गर्दै सञ्चारसंस्था र पत्रकारलाई गुणस्तरीय तथा विश्वसनीय समाचार सामग्री लेखन, उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

समय र प्रविधिको गतिअनुसार पत्रकारिता, त्यसमा पनि डिजिटल सञ्चारमाध्यम र समाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमको यथोचित उपयोग, यसको उपयोगमार्पmत आयआर्जन गर्दै जीवनस्तरमा टेवा पुग्ने नीति तथा कार्यक्रम बनाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग घोषणा पत्रमार्फत माग गरिएको छ ।

तत्काल कोरलानाका नियमित सञ्चालन गरेर यसबाट गण्डकी प्रदेशले निर्यात बढाउन सक्ने र त्यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सञ्चारमाध्यमले यो विषय उठान गरी सरकारलाई आवश्यक पहलकदमी र नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

बागलुङभित्र र जिल्लाबाट बाहिर रहेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वलाई आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतसाधन जन्मभूमिको विकास, समृद्धि र पहिचान अभिवृद्धिमा लगानी गर्न आह्वानसमेत गरिएको छ । घोषणपत्र तथा सञ्चारमाध्यममार्फत यस्ता प्रेरणादायी कथाहरूको प्रवर्द्धन गर्दै ‘जन्मभूमिसँगको सम्बन्ध र योगदान’लाई संस्थागत रूपमा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सङ्घीय सरकारको निर्णय सङ्घीयता, खुला अर्थनीति, प्रेस स्वतन्त्रताको भावना र मर्मविपरीत भएकाले प्रदेश सरकार, स्थानीय तहहरूलाई केन्द्र सरकारको परिपत्र अस्वीकार गर्दै स्वरोजगारमूलक मिडिया, यसमा कार्यरत पत्रकारहरूलाई थप सङ्कटग्रस्त अवस्थामा पुर्याउने भन्दै यसको विरुद्धमा घोषणपत्रमा उल्लेख छ । छलफलका क्रममा स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सवलीकरणमा स्थानीय तहको यथोचित स्थानीय सञ्चार नीति आवश्यक रहेकामा जोड दिइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ०८ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित