भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ « Khabarhub

भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

बिस्केट जात्रालाई शान्तिपूर्ण सञ्चालनका लागि जिल्ला प्रहरी परिसर भक्तपुरले चलाएको ‘स्वीप अप्रेशन’ अभियानका क्रममा शनिबार राति ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।

भक्तपुरको ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरिएको थियो ।

सार्वजनिक स्थलमा होहल्ला गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने लगायत क्रियाकलापमा संलग्न भएका कारण उनीहरुलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : २४ बजे

इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे

काठमाडौं– नेपालका इसाई धर्मावलम्बीले ईस्टर सन्डे मनाएका छन् । आइतबार

१ सय ५ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंकले घटेको छ

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं– नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् ।  आइतबार

निर्वाचित सभामुख भन्छन्- संविधान र कानुनको पालना गर्छु संसद्को मर्यादा जोगाउँछु

काठमाडौं– प्रतिनिधिसभा नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरि

सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन बाटो खोल्ने

काठमाडौं- सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका