वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो « Khabarhub

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ ।

जबकि गत आवको सोही अवधिमा भने ४३ करोड एक लाख मूल्य पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा ८० करोड ५७ लाखका मूल्यका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

चालु आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाखका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले दुई अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सात महिनामा भने एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले चालु आवको सात महिनामा २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : २६ बजे

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

इस्तानबुल- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले

सभामुख डीपी अर्यालले गरे पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार

केही कानुन उद्योगी-व्यवसायीमैत्री छैनन्, संशोधन गर्नुपर्छ : चन्द्र ढकाल 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

काठमाडौं– सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ