फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति « Khabarhub

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

मुआब्जा र सूचनाबिना होटलको पर्खाल भत्काउनु अन्यायपूर्ण


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना भत्काइएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले पोखरा महानगरपालिकाको यो कदमलाई ‘न्यायसङ्गत नभएको’ टिप्पणी गरेका छन् ।

शाक्यले उक्त होटल केवल व्यवसाय मात्र नभई विश्वास, सङ्घर्ष र आस्थाको प्रतीक भएको बताएका छन् । “२० वर्षअघि माओवादी आन्दोलनका बेला जब देशबाट तन, मन र धन पलायन भइरहेको थियो, मैले स्वदेशमै पर्यटनमा लाग्ने निर्णय गरेँ,” उनले भने, “मित्र दिवाकर राजकर्णिकार र मैले रैथाने उद्यमीको ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल बनाएका हौँ । यो हाम्रो पसिना र विश्वासको प्रतिफल हो ।”

पर्यटकको चहलपहल हुने सिजनमा होटल पाहुनाले भरिएको बेला बिहानै महानगरपालिकाले डोजर चलाउनु पीडादायी भएको उनले बताए । फेवातालको ६५ मिटर मापदण्ड राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गर्दै उनले आफ्नो होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरे ।

उनका अनुसार होटलको लालपुर्जा, नक्सा पास, पर्यटन र उद्योग विभागको अनुमति तथा राष्ट्र बैङ्कको इजाजतपत्र सबै प्रक्रिया पूरा छ । “हामीले जग्गा मिचेका छैनौँ, हरेक वर्ष कर तिरेका छौँ र कुनै बैङ्कको ऋण पनि छैन,” उनले थपे, “होटल सञ्चालनका लागि पालना गर्नुपर्ने सबै नियम मान्दा पनि हामीमाथि कठोर व्यवहार किन ?”

शाक्यले लेकसाइड क्षेत्रमा हजारौँ बस्ती, उद्योग र होटल रहेको उल्लेख गर्दै उचित मुआब्जा दिएर जग्गा अधिग्रहण नगरी संरचना भत्काउनु गलत भएको तर्क गरे । उनले होटलको भवन ६५ मिटरको मापदण्ड बाहिरै रहेको र तीन तलाको मात्र भएको स्पष्ट पारेका छन् ।

फेवातालको इतिहास स्मरण गर्दै उनले राणाकाल र राजा महेन्द्रको समयमा बाँधको उचाइ बढाउँदा तालको स्वरूप परिवर्तन हुँदै आएको बताए । पोखरा जस्तो पर्यटकीय नगरीमा संरक्षणले विकासलाई रोक्न नहुने उनको भनाइ छ । “कोठामा झिँगा आयो भनेर झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो,” शाक्यले भने, “संरक्षण नीतिले विकासलाई टेवा दिनुपर्छ, रोक्ने होइन ।”

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : ४२ बजे

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा

 नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

गण्डकी– नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक)

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

इस्तानबुल- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले

सभामुख डीपी अर्यालले गरे पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार